HindiMovies OUR NEPAL About Us Sujan`s Friends
पर्बत जिल्लाको सदरमुकाम कुश्मा बजारका जागरुक युवाहरुको सक्रीयतामा "युवाहरुको सक्रीयता नै देश बिकासको बलियो आधार" भन्ने मुल नारा लिएर २०५७ सालमा स्थापित "नव गुफा युवा क्लब" स्थापनाको छोटो समयमा नै पर्बत जिल्लामा लोकप्रिय बन्न सफल भयो। बिभिन्न सामाजिक कार्यहरुमा आर्थिक,नैतीक,शारारिक सहयोग पुर्याउदै आएको यस क्लब संस्क्रति र सास्कृतिक कार्यक्रमहरुको जग्रेना गर्दै युवाहरुलाई कुलतबाट हटाइ अत्याधुनिक प्रबिधीमा आकर्षित गराउनु यस क्लबको मुख्य उधेस्य रहेको छ। क्लबका सदस्यहरुको सदस्यता शुल्कबाट जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी स्थापना गरिएको यस क्लबको मुख्य आर्थिक आम्दानी भनेको वार्षिक रुपमा गरिने भदौरे जात्रा रहेको छ। यस बाहेक अन्य सामाजिक संघ संस्था,सरकारी कार्यालय समाजसेविहरु बाट प्राप्त हुने सहयोग नै यस क्लबको आर्थिक स्रोत्रको रुपमा रहेको छ।
return
©Copyright 2007 |www.kushmaparbat.com| All Rights Reserved