नेपाली विद्यार्थीद्वारा अमेरिकामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना
अमेरिकाको न्यु मेक्सिको राज्य स्थित न्यु मेक्सिको स्टेट युनिभर्सिटीका नेपाली विद्यार्थीहरुको संस्था नेसा एनएमएसयु (NeSA-NMSU) ले gप्रबासी नेपाली: प्रबासका चुनौतीहरु तथा मातृभूमिको चासोh (Nepalese Diaspora: Hostland Challenges and Homeland Interest) नामक तेश्रो अन्तरास्ट्रिय कन्फेरेन्स सफलतापुर्वक आयोजना गरेकोछ| उक्त एक दिने कन्फरेन मार्च १९, २०११ का दिन न्यु मेक्सिको स्टेट युनिभर्सिटी, लस क्रुसेस, न्यु मेक्सिकोमा सम्पन्न गरिएको थियो| यस अघि सन् २००९ र २०१० मा आयोजित दुई सफल पछि नेसाले गरेको यो तेस्रो अन्तरास्ट्रिय कन्फेरेन्स हो|
सो कार्यक्रममा अमेरिकाका विभिन्न विश्वबिधालयहरुमा उच्च शिक्षा हासिल गरिरहेका नेपाली तथा अमेरिकी विध्यार्थी तथा विज्ञहरुद्वारा विभिन्न बिषयमा अनुसन्धानमुलक सामग्रीहरु प्रस्तुत गरिएको थियो| नेपाली तथा अमेरिकी र अन्य विदेशी विज्ञ एवं विध्यार्थीहरुको उलेख्य सहभागिता रहेको सो कार्यक्रममा संस्थाका सभापति तुल्सी पौडेलले स्वागत मन्तब्य दिदै प्रबासी नेपालीहरुले बिदेशमा सिकेका सीपहरु देशको बिकास निर्माणमा प्रयोग गर्न सकिनेकुरामा जोड्दिनुभएको थियो भने युनिभर्सिटी अफ न्यु मेक्सिकोका प्रोफेसर तथा नेपाल स्टडी सेन्टरका सस्थापक र gप्रवासी नेपाली समुदायh का विज्ञ डा. आलोक बोहराको संदेश नेसाका उपसभापति डिल्लीराज पौड्यालद्वरा पढेर सुनाइएको थियोI संस्थाका सल्लाहकार न्यु मेक्सिको स्टेट युनिभर्सिटीका प्रोफेसर डा. राम आचार्यले यस्ता कार्यक्रमले प्रवासी नेपाली समुदायको शैक्षीक उत्थान गर्दै नेपाल तथा नेपालीको बृहत्तर बिकासमा विशेष योगदान दिन सक्ने कुरा बताउनु भएको थियो|
दुइ सत्रमा आयोजना गरिएको सो कार्यक्रमको पहिलो सत्रमा अमेरिकी विश्वबिधालयहरुमा स्नातकोत्तर तथा बिधाबारिधी तहमा अनुसन्धान भइरहेको विभिन्न बिषयहरुसंग सम्बन्धि कार्यपत्रहरु प्रस्तुत गरिएको थियो| उक्त सत्रमा गणित शास्त्रका साभिक मिल्लोस, नर्सिंगकी संगीता थपलिया, भौतिक शास्त्रका चुर्ण भण्डारी र मंजिता श्रेष्ठ, इलेक्ट्रिकल इन्जिनीरिंगका ओम प्रसाद दाहाल, र बायो-केमिस्ट्रीका सन्तोष दुलालले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने दोश्रो सत्रमा नेपालको शिक्षा, स्वास्थ्य, अर्थब्यवस्था, जनजाती, विद्युत र विज्ञान तथा प्रविधिसंग सम्बन्धित अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो| कार्यक्रमका प्रमुख वक्ता टरान्ट काउन्टी कलेज, टेक्सासका अनुसन्धानकर्ता डा. अर्जुन बन्जाडेले नेपाली सामुदायिक रेडियोको अवस्था र भूमिका संग सम्बन्धित आफ्नो अनुसन्धानको अनुभवहरु सुनाउनुभएको भएको थियो|
उक्त बिश्वबिधालयमा ईन्जिनियरिङ बिषयमा बिधाबारिधी गर्दे गर्नुभएको मालती चौधरीले नेपालमा बायु उर्जाको सम्भाव्यताबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने सोही बिषय तथा नेसाका पूर्व सभापति देशराज संयोकले अमेरिकामा प्रबासी नेपालीहरुको वर्तमान अवस्थाको बारेमा तथ्याँकगत कार्यपत्र प्रस्तुत गर्नु भएको थियो| युटेप,टेसक्समा अङ्रेजी बिषयमा बिधाबारिधी गर्दे गर्नुभएको रमेश पोखेरलले नेपालमा जात तथा जातियताको संरचना सम्बन्धि अनुसन्धान पत्र प्रस्तुत गर्नु भयो भने सोही बिषयका राजेन्द्र पन्थीले अमेरिकी विश्वबिधालयमा प्रबासी विद्यार्थीहरुको शैक्षिक चुनौती सम्बन्धि धारणा पत्र पेस गर्नुभयो| न्यू मेक्सिको बिश्वबिधालयमा अर्थशास्त्र बिषयमा बिधाबारिधी गर्दे रहनु भएको दधिराम अधिकारीले नेपालको विकाशमा वैदेशिक ब्यापारको भूमिका सम्बधी अनुसन्धान पत्र प्रस्तुत गर्नुभएको थियो| बिहान ८ बजे सुरु भएको सो कार्यक्रमको बिधिबत समापन नेसाका शैक्षिक निर्देशक तथा कार्यक्रम संयोजक सुरेश गौतमको धन्यबाद मन्तब्य संगै साझ ५ बजे गरिएको थियो|
The news Correspondent Mr.Tulsi Paudel,President of Nepalese Student at New Mexico State University, is a resident of Pakuwa-6, Parbat and presently a graduate student at New Mexico State University,USA"







